दफा २६
कसुर र सजाय
(१) कसैले देहायको कुनै कार्य गरेमा यस ऐन अन्तर्गतको कसुर गरेको मानिनेछ:-
(क) यस ऐन बमोजिम तथ्याङ्क सङ्कलन गर्ने कार्यमा अवरोध खडा गरेमा,
(ख) दफा ५ को उपदफा (४) वा दफा ६ को उपदफा (२) बमोजिम कुनै व्यक्तिगत तथा एकाइगत तथ्याङ्क सम्बन्धी जानकारी दिनु पर्ने कर्तव्य भएको कुनै व्यक्ति वा संस्थाले जानी- जानी त्यस्तो जानकारी नदिएमा वा दिन इन्कार गरेमा वा जानी-जानी कुनै तथ्याङ्क: सम्बन्धी झुट्टा जानकारी दिएमा,
(ग) दफा द को उपदफा (१) बमोजिम अनुमतिपत्र नलिई तथ्याङ्क सङ्कलन गरे वा गराएमा,
(घ) दफा ९ बमोजिम कार्यालयबाट प्रमाणित नगराई तथ्याड्डको प्रयोग वा सोको नतिजा प्रकाशन गरेमा,
(ङ) आफ्नो जिम्मामा :रहेको तथ्याङ्क, कम्प्युटर डाटाबेस, विद्युतीय अभिलेख लापरबाही गरी वा जानी-जानी नष्ट गरे वा गराएमा वा अन्य किसिमबाट हानि नोक्सानी पुच्याएमा वा हानि नोक्सानी पुच्याउने प्रयत्न गरेमा,
(च) उपलब्ध: तथ्याङ्क, कम्प्युटर डाटाबेस वा विद्युतीय अभिलेख दफा १० विपरीत प्रयोग गरे वा गराएमा,
(छ) तथ्याङ्क सङ्कलक, उत्पादक र प्रयोगकर्ताले दफा १३ को उपदफा (२), (३) वा (४) बमोजिमको दायित्व पूरा नगरेमा,
(ज) दफा १४ विपरीत तथ्याङ्कको उपयोग वा प्रकाशन गरेमा,
(झ) यस ऐनको अधीनमा रही कसैलाई कुनै आदेश वा सूचना जारी भएकोमा कसैले त्यस्तो सूचना वा आदेश पालना नगर्नु भनी वा अधिकारप्राप्त अधिकारीबाट माग गरिएको कुनै तथ्याङ्क वा सूचना नदिनु वा उपलब्ध नगराउनु भनी प्रचार प्रसार गरे वा गराएमा वा त्यस्तो तथ्याङ्क वा सूचना नदिन दबाब दिएमा, वा
(ज) यस ऐन विपरीत अन्य कुनै कार्य गरेमा ।
(२) कसैले उपदफा (१) बमोजिमको कसुर गरेमा देहाय बमोजिम सजाय हुनेछः-
(क) खण्ड (क) बमोजिमको कसुर गरेमा दश हजार रुपैयाँसम्म जरिबाना,
(ख) खण्ड (ख), (ज)-वा/(झ) बमोजिमको कसुर गरेमा प्रत्येक कसुरका लागि बीस हजार रुपैयाँसम्म जरिबाना वा छ महिनासम्म कैद वा दुवै सजाय,
(ग) खण्ड (ग), (घ), (ङ), (च) वा (छ) बमोजिमको कसुर गरेमा चालीस हजार रुपैयाँसम्म जरिबाना वा एक वर्षसम्म कैद वा दुवै सजाय, र
(घ) खण्ड (ज) बमोजिमको कसुर गरेमा पाँच हजार रुपैयाँसम्म जरिबाना वा एक महिनासम्म कैद वा दुवै सजाय।
(३) कुनै संस्थाले यस ऐन अन्तर्गतको कसुर गरेकोमा त्यस्तो कसुर गर्ने पदाधिकारी वा कर्मचारी पहिचान भएकोमा त्यस्तो पदाधिकारी वा कर्मचारीलाई र पहिचान हुन नसकेकोमा कसुर गरेको बखत त्यस्तो संस्थाको प्रमुख भई काम गर्ने व्यक्तिलाई सजाय हुनेछ।
(४) यस ऐन बमोजिम सजाय हुने कसुरको उद्योग गर्ने, दुरुत्साहन गर्ने वा त्यस्तो कसुरको मतियारलाई सो कसुर गर्दा हुने सजायको आधा सजाय हुनेछ।
(५) यस दफामा अन्यत्र जुनसुकै कुरा: लेखिएको भए तापनि उपदफा (१) बमोजिमको कार्य अन्य प्रचलित कानून बमोजिम समेत कसुर मानिने रहेछ भने त्यस्तो कसुरमा सो कानून बमोजिम छुट्टै मुद्दा चलाई सजाय गर्न बाधा.पुगेको मानिने छैन।